विपद् जोखिम व्यवस्थापनमा तीन वटै तहका सरकार उदासिन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरोकारवालाहरुले सरकारले विपद् जोखिम व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राख्न नसकेको आरोप लगाएका छन् । विपद् जोखिम न्युनिकरणमा काम गर्दै आएका सरोकारवालाहरुले बाढी पहिरो, डुबान, भूकम्प जस्ता विपद्को उच्च जोखिममा रहेको भन्दै आवश्यक पूर्व तयारीमा ध्यान दिन सुझाएको भएपनि तीन वटै तहका सरकारले नजरअन्दाज गर्दै आएको आरोप लगाएका हुन् ।

उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारले विपद्व्य वस्थापन कोषको पैसालाई रकमान्तर गरुी अन्य शिर्षकमा खर्च गर्ने गरेको आरोप पनि लगाए । लामो समयदेखि सुदूरपश्चिममा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा काम गर्दै आएका राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सरकारले विपद् जोखिम व्यवस्थापनलाई प्राथमिकतामा नै नराखेको गुनासो गरे ।

उनले विपद्पू र्वतयारीमा सरकारको ध्यान नजाँदा बाढी र डुबानका कारण वर्षैपिच्छे बिस्थापित हुनेहरुको संख्या बढ्दै गएको बताए । निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले भूकम्पविद्हरुले नेपालको पश्चिम क्षेत्रमा कुनैपनि समय ठूलो भूकम्प जानसक्ने भन्दै पूर्वशर्तकतामा बस्न सरकारको ध्यानाकर्षण गराउँदै आएपनि स्थानीय र प्रदेश सरकारले त्यससम्बन्धी आवश्यक तयारी गर्न नसकेको उल्लेख गरेका छन् ।

निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले नदी जलाधार क्षेत्रको योजना बनाई तराई र पहाडमा बायो इन्जिनियरिङ मार्फत नदी प्रणालीहरुबाट हुने
क्षतिलाई रोक्नेतर्फ स्थानीय सरकारका योजनाहरु केन्द्रीत हुनुपर्ने बताए । जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय मनसुन सकिएपछि बाढी आउने गरेको त्यसले ठूलो नोक्शानी पु¥याएको उल्लेख गर्दै उनले नोक्शानीको मूल्यांकन गरी नेपालले विश्वसमुदाय सामु क्षतिपूर्तिको दाबी गर्नुपर्नेमा जोड दिए ।

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

नेता खनाल र चिनियाँ राजदूत छेनबीच भेटवार्ता

 काठमाडौं । चिनियाँ राजदूत छेन सङले नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।   नेकपा...

.