आरसीबीले हैदरावादलाई ८ विकेटले हरायो


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदरावादला ८ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । कोहलीले ६३ बलमा १२ चौका र ४ छक्का मद्दतमा एक सय रन बनाए भने फाफ डुप्लेसीले ४७ बलमा ७१ रन योगदान गरे । डु प्लेसिसले ४७ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनीहरु १८ औं ओभरसम्म टिकीरहे । ग्लेन म्याक्सवेल ५ र माइकल ब्रेसवेल ४ रन बनाएका थिए ।
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गाजामा पुनः आक्रमण सुरु,१ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु
काठमाडाैं । साता दिने अस्थायी युद्धविराम अन्त्य भएसँगै इजरायली सेनाले दक्षिण गाजापट्टी पुन आक्रमण सुरु गरेकाे छ । ...
साउदी प्रो लिगमा अल हिलालकाे जित
काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...
आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने
काठमाडौं । आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग-२ मा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने भएकाे छ । नेपाल क्रिकेट संघ(क्यान)का...
एनएसएलमा चितवनको पहिलो जित
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा चितवन एफसीले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ...