मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । मिथिलाञ्चलका महिला सुख-समृद्धि र पतिको दीर्घायुको कामना गर्दै शुक्रबार बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।

जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमान्को घर) मै मनाउनुपर्छ । बिहीबार नहायखाय गरेपछि लुगादेखि चुरासम्मका सबै शुङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।

आज शुक्रबार बिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर (बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ ।

अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्छन् ।

अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास बसेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन् ।

विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकमा उल्लेख छ ।

विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा पावर बैंक पड्किदा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।   एयर चाइनाको जहाजबाट चीन जान...

शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

काठमाडाैं । दोलखाको तामाकोशी गाउँपालिक-२ स्थित जंगलमा शिकार गर्ने क्रममा भरुवा बन्दुकले लागेर झुलेका एक युवकको मृत्यु भएको छ...

एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा, आज कर्णाली प्रवेश गर्ने

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा आज सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्दैछ ।   चौथो दिन...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

काठमाडौं । तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने श्रीमान् र दुई छोरा घाइते भएका छन् ।  ...

‘अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरौँ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गताअधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।   ३२...

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

.