भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति


काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दुई दिनको म्याद दिएको छ ।
आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रिजाललाई लगत्तै अदालतमा पेश गरिएको थियो । उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए ।
उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ ।
उक्त घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्वगृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन् ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
पोखराका नगरप्रमुख आचार्यलाई सेनाको सम्मान
काठमाडाैं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई नेपाली सेनाले सम्मान गरेको छ । आचार्यलाई प्रधान सेनापति प्रशंसा निसानबाट सम्मान...
हिमाल जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री दाहालको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल जोगाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । शनिबार दुबईमा आयोजित जलवायु...
विश्व जलवायु सम्मेलनमा प्रधानमन्त्री दाहालको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गरेका छन् । संयुक्त अरब...
कोप-२८ : प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै उच्चस्तरीय बैठक सम्बोधन
काठमाडाैं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पर्वतको...
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडाैं । रुपन्देहीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आज बिहान लुम्बिनी सांस्कृतिक...