नेपाल एयरलाइन्सले जेठ २९ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल एयरलाइन्सले जेठ २९ गते देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्ने भएको छ । उडान तालिकाअनुसार काठमाडौं-क्वालालम्पुर-भैरहवा-काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।

एयरलाइन्सले भैरहवाबाट हाल हप्ताको एक उडानबाट सुरु गर्ने बताइएको छ । पछि बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको बताइएको छ ।

निगमले मलेसियाको जोहोरबारुवाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्ने भएको छ ।

यसपश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट समेत काठमाडौं वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ। यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने एयरलाइन्सले विश्वास लिएको छ ।

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

.