भुटानी शरणार्थी प्रकरण अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह हो : राजेन्द्र लिङदेन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलबिच सहमति भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्ने क्रममा  अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन्  ।

उनले जनता बेच्ने भ्रष्टाचार ठुला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए ।  उनले विश्व जगतमा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताए । उनले नक्कली भुटानी शरणार्थी  प्रकरण पनि नेपाल प्रहरीको जोड बलमा र  विदेशीहरूको चासोमा अगाडि बढेको बताए । उनले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताए । उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्य द्रोह र राज्य विरुद्धको अपराध भएको बताए  । उनले भ्रष्टाचारमा सङ्लन कुनै पनि मानिसहरूले उन्मुक्ति पाउन नहुने बताएका हुन्  ।

उनले नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरू चल्नुपर्ने बताए  । उनले अपराधमा संलगनहरुलाई राज्य विरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धीको अपरा मुद्दाहरू चलाउन आग्रह गरेका छन्  । उनले प्रहरीले नक्कली भुटान शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए ।

उनले भने, ‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठुला दलको सर्वदलीय सहमति देखिएको छ । यो भन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ । आफ्नो  जनता बेचेर खाने कस्तो कल्पना होला रु यो जस्तो लज्जास्पद र दुःखदायी कुरा अरू केही पनि हुन सक्दैन । विश्व जगतमा नेपालको बदनाम भएको छ । नेपालको शिर झुक्ने काम भएको छ । यो काण्ड पनि नेपाल प्रहरीको जोड बलमा विदेशीहरूको चासोमा अगाडि बढेको छ । यो पनि अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा छ। यो भ्रष्टाचार अर्ब  खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्य द्रोह र राज्य विरुद्धको अपराध हो । त्यस कारण यो अपराधमा कुनै पनि मानिसहरूले उन्मुक्ति पाउनु हुँदैन । कसैले पनि छुट पाउँनु हुँदैन । प्रहरीले खुट्टा नहल्लाओस् । प्रहरीले अभियोग पत्र बुझाउने बेला भएको छ । छानबिनमा आउनुपर्ने मानिसहरूको नाम नछुटोस् भन्नको लागि दबाबको लागि सभाको आयोजना गरिएको हो ।’

उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए । उनले राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने बताएका छन् ।  उनले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने बताएका हुन् ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.