कानुन समितिको कार्यविधि पारित : पाँच बैठकमा अनुपस्थित हुने सदस्यलाई निष्कासन गरिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विनासूचना निरन्तर ५ वटा बैठकमा अनुपस्थित भएका सांसदहरु समिति सदस्यबाट निष्कासनमा पर्न भएका छन् । कानुन न्याय तथा मानवअधिकार समितिले आन्तरिक कार्यविधिमा विना जानकारी पाँच बैठकमा अनुपस्थित हुने सदस्यलाई निष्काशन गर्ने व्यवस्था गरिएको हो ।

बिहीबार विहान नौ बजे बसेको बैठकले समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित गरेको हो । जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि देउवा पछिका जेष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको हो । ५ वटा बैठकसम्म निरन्तर अनुपस्थित रहनुपर्ने भएमा सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था कार्यविधिमा रहेको जनाइएको छ । अनुपस्थित हुने जानकारी एसएमएसबाट गराउन सकिने व्यवस्था छ । त्यस्तै संविधानले मानवअधिकारलाई निर्देशन दिननमिल्ने भनेकाले प्रतिवेदनमा छलफल गर्ने व्यवस्था राखिएको छ ।

विना जानकारी निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे सभापतिले समिति सदस्यबाट निष्कासन गर्न सक्ने प्रस्तावसहितको कार्यविधि समितिमा प्रस्तुत गरेइएको थियो ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व सकिन्छ : शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन छाड्नुपर्ने बताएका छन् । काठमाडौंमा आज आयोजित...

राज्यव्यवस्था समितिले एनसेलको सेयर खरिदबिक्री प्रकरण बारे प्रधानमन्त्रीसँग जानकारी लिने

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरण बारे...

यस्ताे छ मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौं । सरकारले जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार...

पोर्चुगलको राजदूतमा सिफारिस नेपालको सुनुवाइ सुरु

काठमाडौं । सरकारले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ ।   आज सिंहदरवारमा...

.