लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु निर्वाचन १४ गते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । गत चैत ५ गते रोकिएको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जेठ १४ गते हुने भएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले रोकिएकै अवस्थाबाट निर्वाचन प्रक्रिया सुरु गर्न आदेश दिएपछि निर्वाचन समितिले स्ववियु निर्वाचनको मिति तय गरेको हो ।

उच्चले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो । क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते निर्वाचन हुनेछ ।

गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.