भारतीय गो एयरले गर्याे सबै उडान रद्द

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारतीय गो फस्र्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ । यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो ।

‘सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्र्ट उडानहरु रद्द गरिएको छ ।’ यसका लागि कम्पनीले खेद प्रकट गर्दछ । गो फस्र्टले भनेको छ, ‘उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।’

एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ । ‘उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीकार गर्दछौं र हामी सक्दो सहयोग गर्न प्रतिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले हालै आफ्नो सञ्चालनको कमजोरी र पुन: उत्थान अन्तर्गत तत्काल समाधानको लागि आवेदन दायर गरेको छ । ‘हामी पुन: र छिट्टै बुकिङ सुरु गर्न सक्षम हुनेछौं । धैर्यताका लागि कम्पनी यात्रुवर्गप्रति आभारी छ ।’ एयरलाइन्सले भनेको छ ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.