मदन-आश्रित भजाएर राजनीति गर्ने एमालेले चुहाउने गोहीका आँसु 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० साल जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशै भरी श्रद्धा सुमन व्यक्त गरी स्मृति दिवस मनाइयो ।

यसरी हरेक वर्ष मदन आश्रितको सम्झनामा स्मृति दिवस मनाइरहँदा उनीहरूले न्याय पाएका छन् त भन्ने प्रश्न जनमानसमा पनि उठ्ने गरेको छ । उक्त घटनालाई त्यस बखत दुर्घटना नभई हत्या भएको भन्दै छानबिनको माग सहित ठुलो जनलहर उर्लिएको थियो । तर घटनाको ३ दशक पुग्दा पनि घटना कसरी घटेको थियो भन्ने रहस्यको गर्भमै छ । घटना भएको सुरुका समयमा छानबिन समिति गठन गर्ने दबाब सिर्जना गर्ने पनि भए, घटनाको छानबिन गरी प्रतिवेदन पनि ल्याइयो तर त्यो छानबिनलाई नेपाली जनताले ३ दशकसम्म आई पुग्दा पनि विश्वास गरेको अवस्था छैन ।

पछिल्लो समय नेकपा एमालेले भण्डारीकै आदर्शलाई कार्यदिशा बनाउँदै जनताको बहुदलीय जनवादलाई अंगिकार गरेर अघि बढेको छ । नेपालको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टीकारूपमा आफूलाई उभ्याएको यो पार्टी पटक–पटक सरकारको नेतृत्वमा पुगेको छ । अझ त्यो भन्दा पनि ठुलो संयोग, तिनै मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारी दुई पटक यो मुलुकको राष्ट्रपतिको भूमिकामा पुगिन । तर, भण्डारीकै परिवारले समेत दासढुंगाकाण्ड सम्बन्धी छानबिन प्रतिवेदन बाहिर ल्याउन चासो नदेखाउन सकेन भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता र पार्टी नेतृत्वमा नपुग्दासम्म जुन रूपमा हुँकार देखाएर मदन भण्डारीको बारेमा अभिव्यक्ति दिने गर्दथे त्यो कुरा पदमा पुगेपछि देखाउन सकेनन् बरु अनेक बहानामा प्रसङ्ग नै बदल्ने काम गरे ।

यो घटनाका सन्दर्भमा, सुरुबाटै थुप्रै टीकाटिप्पणी पनि भएका छन् । एमाले कै जिम्मेवार नेता यो घटनामा योजनाकारका रूपमा थिए भन्ने सम्मको आरोप लाग्ने गरेको छ । तर, यसका दोषी पहिचान वा दुर्घटना के हो भन्ने स्पष्ट भएर भण्डारी र आश्रितलाई न्याय दिन भण्डारी पत्नी विद्या भण्डारी र एमाले नेतृत्वले नै चासो नदेखाएको आरोपहरू लाग्दै आएको छ । आज नेता द्वय भण्डारी र आश्रितको घटना घटेको ३० वर्ष पुगी सकेको छ । ३ दशक पुगिसक्दा पनि जनतासामु अपराधीलाई सार्वजनिक गर्न सकिएको छैन ।

दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । तर लामाको पनि २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । अर्कोतर्फ नेकपा एमालेले हरेक वर्ष जननेता स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको स्मरणमा  गोहिँको आँसु चुहाउँछ । यसैमा नै उसको राजनीतिक दोकान राम्रोसँग फस्टाएको देखिन्छ ।

तर नेताद्धयको मृत्यु दुर्घटना हो वा सुनियोजित यसबारेमा मौन देखिन्छ नेताद्धयको पार्टी नेकपा एमाले । नेपालको राजनीतिमा यस्ता थुप्रै रक्तपातपूर्ण घटना भएका छन् । जसको रहस्य अब सायदै सार्वजनिक होला । यस्तै रहस्यपूर्ण तथ्यहरू सार्वजनिक नै नभएको दुर्घटना हो दासढुंगा ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.