गठबन्धनबाट निर्वाचनमा होमिँदा कांग्रेस अप्ठ्यारोमा फसेको हो : नेता कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धनबाट निर्वाचनमा होमिँदा कांग्रेस अहिलेको अप्ठ्यारोमा फसेको बताएका छन् । बुधबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको २५ औँ साधारणसभामा बोल्ने क्रममा नेता कोइरालाले अब कुनै पनि निर्वाचनमा गठबन्धन गर्न नहुने भन्दै यस्तो बताएका हुन् ।
नेता कोइरालाले अहिलेको निर्वाचन पद्धतिका कारण संसदीय राजनीतिमा वेथिति भित्रिएको बताए । उनले निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको औंल्याए । उनले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति आम जनताको धारणा नकारात्मक रहेको भन्दै अब राजनीतिक दल र नेताहरुले आफूलाई नागरिकका अघि सुधारिएर प्रस्तुत गर्नुपर्ने बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने समेत बताए ।
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...
‘एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता फैलिएको बताएका छन्...
नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । ...
जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीको भुक्तानी गर्ने बताएका छन् ।...
दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : नेता तामाङ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको...