परम्परागत ढाँचामा विश्वविद्यालयहरु लिएर जान उपयुक्त हुँदैन : मन्त्री राई

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडी सारेको बताएका हुन् ।

उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । मन्त्री राईले परम्परागत ढाँचामा चल्ने विश्वविद्यालयहरु मात्रै लिएर जानु उपयुक्त नहुने भन्दै नयाँ–नयाँ प्रयोग गरेर जानुपर्ने बताए। यसकालागि नेपाल विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालयको रुपमा बनाउनु उनको भनाई छ ।

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले विधेयकलाई अगाडी बढाउनुपर्ने बताए । विधेयक कसले ल्यायो भन्दापनि कस्तो ल्यायो भन्नेकुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले ठिक भएको खण्डमा अगाडी बढ्नुपर्ने बताए । उनले विधेयकको सम्बन्धमा पछाडी फर्किनु नहुने धारणा राखे । यस्तै नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाल विश्वविद्यालय निर्माणमा सरकारको पनि संलग्नता आवश्यक रहेको बताए ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.