सर्वोच्च न्यायालयप्रति भरोसा छ, हामी अझै न्यायिक पर्खाइमा  छौं : रेशम चौधरी 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीले आफूलाई सर्वोच्च न्यायालयप्रति भरोसा रहेको बताएका छन् ।  चौधरीले मंगलबार सर्वोच्चले आफूलाई जन्मकैदको फैसला सुनाएपछि  बुधबार विज्ञप्ति जारी गर्दै  सर्वोच्च न्यायालयप्रति भरोसा भएकाले आफूहरू अझै न्यायिक पर्खाइमा रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुला छ । हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्छ । मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्बाहमा छौं ।  त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ ।’

नेता  चौधरीले चौधरीले सर्वोच्च अदालतको फैसलामा आफूलाई न्यायिक नभए पनि स्विकार्नुको विकल्प नरहेको बताएका बताएका छन् । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँ‌दै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्न उनले अनुरोध समेत  गरेका छन्  ।

नेपाल एयरलाइन्सद्वारा अपाङ्गता भएका यात्रुलाई हवाई भाडा छुट गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले अपाङ्गता भएका यात्रुलाई हवाई भाडा छुट गर्ने भएकाे छ ।   आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका...

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

.