नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन थालेका छन् : नेता खनाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको बताएका छन् । बुधवार काठमाडौंमा ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रममा बोल्ने क्रममा नेता खनालले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

उनले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको बताए । उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरू नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए । उनले नेपालमा अमेरिकीहरूको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरू सचेत रहनुपर्ने बताए ।

नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको समत उल्लेख गरेका छन् । उनले यो प्रकरण निष्पक्ष रुपमा छानबिन भइ सतहमा पुग्नुपर्ने जिकिर गरे । यस प्रकरणमा मुछिनेहरूको संख्या बढ्दै गएको र ठूला नेताहरू पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रूपमा टुंगोमा पुर्‍याउन आग्रह गरे।

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

.