२७औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता शेर्पा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली हिमाल आरोही कामिरिता शेर्पाले २७औँ पटक सगरमाथा आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सका अनुसार कीर्तिमानी कामीरिताले बुधबार बिहान साढे ८ बजे सगरमाथाको २७औं पटक सफल आरोहण गरेका हुन् ।

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् । यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेका थिए ।

२ दशकभन्दा लामो सयमा विश्वका अग्ला हिमशिखर चढेका उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.