‘कांग्रेस सत्ताका निम्ति जे पनि गर्न तयार हुन्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन नीति, उदेश्य र गन्तब्यविहिन रहेको टिप्पणी गरेका छन् । बुधबार मदन स्मृति दिवसका अवसरमा बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले अहिलेको राजनीतिलाई सत्ताधारी गठबन्धनले हल्काफुल्का रूपमा लिनु गम्भीर विषय भएको भन्दै यस्तो बताएका हुन् ।

लामो इतिहास बोकेको नेपाली कांग्रेस सत्ताका निम्ति जे पनि गर्न तयार भएको उनको टिप्पणी थियो । अहिलेको गठबन्धन सत्ताको लागि मात्र बनेको सरकारी गठबन्धन भएको उनको दाबी छ । सर्पको मुखमा परेको भ्यागुतो जस्तो सरकार भएको भन्दै देश संकट नै संकटले घेरिएको अवस्थामा रहेको अध्यक्ष ओलीको भनाई थियो ।

भण्डारीको हत्या बारे समयक्रममा खोजी हुने बताएका छन् । आफ्ना सपनाहरू पूरा गर्न नपाउँदै मदन र आश्रितको हत्या गरिएको बताउँदै ओलीले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका थिए । ‘नयाँ नेपाल, समृद्ध र सुखी नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ, त्यसलाई उहाँका उत्तराधिकारी हामीले पूरा गर्नुपर्ने छ,’ उनले भने ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.