नेपाल बैंकले खोल्यो सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा


काठमाडौं । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४, यरिचोकमा शाखा विस्तार गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले मंगलबार संयुक्तरूपमा शाखा उद्घाटन गरेका हुन् ।
कार्यक्रमा मुख्यमन्त्री शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर शाखा खोल्न सुझाव दिए । उनले शाखाले नाफामुखी मात्र नभएर सहज, सुलभ, विश्वनीय र गुणस्तरिय सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बैंकहरुलाई दुर्गम लक्षित सेवा बढाउन आग्रह गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाही, जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्मालगायत सहभागी थिए ।
कार्यक्रममा पहिलो निक्षेपकर्ता मोतीसिंह भण्डारी र पहिलो बिजनेस पार्टनर न्यू बराल किराना पसललाई सम्मान गरिएको थियो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पन्तले मायाको चिनो प्रदान गरिन्।
कार्यक्रम नेपाल बैंक सुर्खेत शाखाका शाखा प्रबन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो।
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्यौँ : गभर्नर अधिकारी
काठमाडाैं । नेपाल नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका...
‘स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन’
काठमाडौं । आन्तरिक राजश्व विभागले स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट नलाग्ने बताइएकाे छ । आलु र प्याजको बिक्रीमा भ्याट...
राष्ट्र बैंकको बोर्डलाई बोलाएर अर्थतन्त्र चलायमान हुने व्यवस्था गर्न अर्थमन्त्रीकाे निर्देशन
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन राष्ट्रबैंकको...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मुल्य बढेको छ । बिहीबार १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...