राप्रपाभित्र भ्रष्टाचारको गन्ध आए शुद्धीकरणको आवाज कसरी उठाउने ?

स्टार संवाददाता
स्टार संवाददाता

कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने तयारी गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै राप्रपाले आन्दोलनसहित आमसभा गर्न लागेको हो ।

२०४६ सालयता भएकासबै भ्रष्टाचारका फाइलहरु खोलेर छानबिन गर्न दवाव दिनकै लागि आन्दोलन गर्न लागेको राप्रपाले जनाएको छ । तर, भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक भन्दा पनि र संसदमा आवाज उठाउनुपर्ने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको भनाई छ ।

उनि भ्रष्टाचारलाई न्यूनीकरण गर्न, भ्रष्टाचार गर्नेहरूको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन कारबास भोग्ने कानुन बनाउनुपर्नेमा जोड दिदैं आएका छन् । यही संसदबाट नै भ्रष्टाचारीलाई ठेगान लगाउने कानुन बन्ने भएकाले सडक भन्दा बढि संसदमा भ्रष्टाचार विरुद्धको आवाज बुलन्द पार्नुपर्नेमा उनको जोड छ । साथै शाहीले भ्रष्टाचारविरूद्ध लड्नका लागि पार्टी पंक्ति, दल र सिद्धान्तभन्दामाथि उठेर कानुन बनाउने काममा एकजुट हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरिहँदा उनकै पार्टीभित्र भने फरक मत देखिन थालेको छ ।

भ्रष्टाचार आरोप लागेका नेताहरुलाई राप्रपाले पक्षपोषण गरिरहेको भन्दै आन्तरिक शुद्धीकरण गर्दै माथि उठ्नुपर्ने राप्रपा केन्द्रीय समिति बैठकमा आवाजहरु उठेका छन् । पार्टीभित्र भष्ट्राचार र अनियमितताको दाग लागेकाहरुलाई सफा गर्दै राष्ट्रिय स्तरमा जान सके स्वयं राप्रपामाथि कसैले औला उठाउन नसक्ने र दरिलो रुपमा खुट्टा टेक्न सहज हुने नेताहरु बताउँछन् । यसरी हेर्दा एकातिर राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने बताउदै आएको छ भने अर्कोतिर उसलाई आफ्नै पार्टीभित्रको फोहर बडार्र्न नसक्दा अर्काको आगन बडार्न आदेश किन दिने भन्ने प्रश्न पनि उठ्न सक्नेमा चिन्ता छ ।

हुनपनि आफुलाई भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी बताउदै आएको राप्रपाले अदालतबाटै भ्रष्टाचार आरोप प्रमाणीत भएका नेताहरुको संरक्षण गरिरहेको आरोप लाग्ने गर्दछ । अझ भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्दै चर्चा बटुल्दै आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त झन तिनै आरोपितहरुको झुण्ड लिएर सरकारमा सहभागिता पनि जनाए र निकै आलोचित हुन पुगे । भ्रष्टाचार आरोपमा पटक पटक मुछिदै आएका पार्टीका उपाध्यक्ष समेत रहेका नेता बिक्रम पाण्डे लगाएतका एकाध ब्यक्तिहरुमाथि जनताले प्रश्न उठाउँदै आएका छन् ।

जुन ब्यक्तिमाथि दाग लागेको छ त्यसकै हालिमुहाली पर्टीभित्र भएकाले पनि भ्रष्टाचार विरुद्धको आवाज बुदन्द पार्दा पार्टीमाथि नै प्रश्न उठ्ने भन्दै नेता तथा कार्यकर्ताहरु शशंकित देखिन्छन् । जसले गर्दा स्वच्छ छवी भएका नेताहरुले समेत खुलेर कुरा गर्ने आँट देखाउन सकेका छैनन् । अर्कोतिर अध्यक्ष लिङ्देनको कार्याशैली र एमालेसँग देखाएको निकटतामाथि प्रश्न चिन्ह उठाउने पनि प्रसस्तै छन् । अध्यक्ष एमाले लाइनमा हिडेको भन्दै केन्द्रीय समिति बैठकमा आवाज उठेपछि सोमबार केहिवेर खैलावैला नै मच्चिएको थियो भने अध्यक्ष लिङ्देन रिसले चुर चुर भएका थिए ।

यसले पनि के देखाएको छ भने वर्तमान ब्यवस्थाभन्दा फरक बिचारधार बोकेर हिडेको राप्रपालाई नेतृत्वले गलत ढंगबाट अगाडि बढाउन खोजेभने पार्टी नै भोलीका दिनमा संकटमा पर्ने देखिन्छ । अर्कोतर्फ, भ्रष्टाचार र अनियमितताले गन्हाएका केहि थान नेताहरुलाई संरक्षण गर्दै जाने हो भने उनीहरुले नैे राप्रपा रुपमा राख्लान् भन्न सकिदैन ।

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

.