भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दबाबबाट पछि हट्दैनौं : गृहमन्त्री श्रेष्ठ

कोही निर्दोष फस्ने काम नहोस्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार कसैको दबाबबाट पछि नहट्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा यस्तो बताउँदै प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानाी शरणार्थीको रुपमा विदेश पठाउने त्यसरी विदेश पठाउने प्रक्रियालाई अघि बढाएर सम्पत्ति आर्जन गर्ने काम भएको कुरामा अहिले सरकार, गृह मन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । यो मुल स्पिरिटलाई केन्द्रबिन्दुमा राखेर यो प्रक्रिया अघि बढाएका छौँ । अहिले देखापरेको यो अवस्था । म के भन्न चाहन्छु भने अगाडि ल्याएर त्यसमा मात्रै केन्द्रित हुने पक्षमा सरकार छैन ।’

उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको उनको भनाई थियो । यस्तै भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै राजनीतिक दबाबबाट अनुसन्धानको काम आफूले नरोक्ने उनले बताएका छन् । उनले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने जनाकारी दिएका छन् ।

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

‘सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको बताएकी छन्...

.