प्रधान अन्तर्विरोध के हो भन्नेमै वामपन्थी शक्तिहरूमा अन्योल छ : झलनाथ खनाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रगतिशील, न्यायप्रेमी, लोकतान्त्रिक, देशभक्त र समाजवादी युवा विद्यार्थीहरूमा नयाँ चिन्तन, सक्रियता हुनुपर्ने बताएका छन् । अनेरास्ववियूको ५९ औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४औं स्थापना दिवसको अवसरमा शुभकामना दिने क्रममा नेता खनालले यस्तो बताएका हुन् ।

अझैसम्म देशका कतिपय वामपन्थी शक्ति मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्नेमा नै अन्योलग्रस्त र दिशाहीन भएको खनालको बुझाइ छ । युवाहरू आजका सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समधान समाजवाद मात्र हो । समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्नसक्छ ।

दलाल पूँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निशाना केन्द्रित हुँदै आम क्रान्तिकारी जनतालाई गोलबन्द गर्दै समाजवादको सुन्दर भविष्यतिर दृढतापूर्वक अघि बढ्न आह्वान गरेका छन् ।

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

सवारी चालक र प्रहरीलाई मिठाई बाँड्दै गृहमन्त्री लामिछानेले गरे नयाँ वर्षको सुरूवात 

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सवारी चालक र प्रहरीलाई मिठाई बाढेर नयाँ वर्ष २०८१ को सुरूवात गरेका छन् ।...

.