म्याद थप गर्न टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइने


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न आज अदालत लगिँदै छ।
पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठबाट पक्राउ गरेको हो। आइतबार राति काठमाडौं प्रहरी परिसर ल्याइएका एमालेका निलम्बित सचिव रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि म्याद लिने भएको हो।
रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझीलाई यसअघि नै बुटवलबाट पक्राउ गरिसकेको छ भने यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत पक्राउ परिसकेका छन्। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई आइतबार नै थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...
लहानकाे साइकल स्टोर्समा आगलागी
काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...
नेता खनाल र चिनियाँ राजदूत छेनबीच भेटवार्ता
काठमाडौं । चिनियाँ राजदूत छेन सङले नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । नेकपा...