मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो।

काठमाडौं उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न सुरुङ बन्द गर्न लागेको बताए ।

उनले वर्षायाममा हुनसक्ने सम्भावित प्राकृतिक प्रकोपका कारण आयोजनामा थप क्षति हुन नदिन १० दिन बन्द गर्न लागिएको जानकारी दिए । उनले उक्त कार्य सम्पन्न भएपश्चात यो वर्षको वर्षायाममा पनि आयोजनाको प्रतिकुल अवस्थामा बाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाउने कुरामा आशावादी रहेको बताए ।

पथान्तरण बन्द हुने भएसँगै काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरिएको बताए ।

उनले २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंबासीको मुहारमा देखिएको सन्तुष्टि र खुशीलाई दिगो र बाह्रै महिना कायम राख्ने प्रयास रहने बताए ।

प्रवक्ता राईले मेलम्चीको १७ करोड लिटर पानी आउँदा १७ करोड रुपैयाँ उठ्नुपर्ने मान्यता भएपनि १० हजार लिटर बराबर एक सय रुपैयाँसम्म उठ्ने
गरेको बताए । उनले मेलम्चीसहित १८ करोड लिटर पानी धाराहरुमा वितरण गरिएको भन्दै मेलम्चीको पानी रोकिएपछि ८ करोड मात्रै वितरण हुने बताए ।

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

.