गुल्मीमा वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गुल्मीमा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इस्मा गाउँपालिका ३ का विष्णु घिमिरे र झिले कुमाल रहेका छन् । स्थानीयले दिएको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए।

इस्मा–३ अन्तर्गत रिठाबोट सामुदायिक वनमा आगो लगाएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। आगलागीका कारण आधा हेक्टर वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका बोटबिरुवा जलेर नष्ट भएका छन्।

वन ऐन २०७६ अनुसार वन क्षेत्रमा आगलागी गर्ने व्यक्तिलाई ६० हजार रुपैयाँ जरिबाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत गोकुल कुमार सुनारले बताए ।

 

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको छ...

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

.