पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तलाई  थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले दोस्रोपटक अनुमति दिएको हो ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका खाँणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि म्याद थप गरिएको हो ।

खाणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...

एमालेलाई देउवाको प्रश्न- मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्...

पूर्वराष्ट्रपति भण्डारी राष्ट्रिय गौरव पदकबाट सम्मानित

काठमाडाैं । नेकपा एमालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मानित गरेकाे छ ।   एमाले स्थापनाको ७५ वर्ष...

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने निर्णय गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद्...

.