स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्छु : स्वास्थ्य मन्त्री


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् । सिन्धुपाल्चोकको हेलम्बु– ३ स्थित पाल्चोक खानेपानी आयोजना उद्घाटन कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता गरेका हुन् ।
उनले भने, ‘अहिलेको समयमा पनि देशका धेरै ठाउँमा थुन्से र डोकोमा हालेर अस्पतालमा लैजाने बाध्यता छ । सुर्तीजन्य पदार्थमा कर बढाई त्यसबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरिँदैछ ।’
उनले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यले निःशुल्क पढाउने अभियान सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको बताए । पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित बनाउन पहल गर्ने उनको भनाई थियो ।
आज विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदै
काठमाडौं । आज ३६औँ विश्व एड्स दिवस । नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १...
बसाइँसराई व्यवस्थापन गर्न राज्यका तिनवटै सरकारको सहकार्य आवश्यक छ : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं । बसाइँसराई व्यवस्थापन गर्न राज्यका तिन वटै सरकारको सहकार्य आवश्यक रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका...
आजदेखि तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरू
काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर...
नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा आफन्तले गरे घेराउ
काठमाडौं । नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा आफन्तले विरोध गरेका छन् । धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४...
आज विश्व शौचालय दिवस
काठमाडाैं । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । प्रत्येक वर्ष नोभेम्बर १९ का दिन विश्वभर शौचालय...
लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।...