नेपालले टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट आयोजना गर्ने


काठमाडौं । नेपालले टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजमा सन् २०२४ को जुनमा आयोजना हुने टी-२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपालले एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न अनुमति पाएको हो ।
नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ। फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । उनका अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछ । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर कपबाट मूलपानी क्रिकेट मैदानलाई प्रयोगमा ल्याइएको हो ।
यूएईले पनि प्रतियोगिता आयोजना गर्ने दाबी देखाएको थियो । नेपालले पहिलो पटक आईसीसीको यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो।
आयोजक अमेरिका र वेस्ट इन्डिज २०२४ को विश्वकपका लागि सोझै छनोट भएका छन् । २०२२ मा अस्ट्रेलियामा भएको पछिल्लो ट्वान्टी-२० विश्वकपमा शीर्ष ८ भित्र रहेका राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि अर्को वर्ष हुने टी-२० विश्वकपका लागि छनोट भइसकेका छन् ।
साथै, विश्व ट्वान्टी-२० वरीयतामा शीर्ष रहेका अफगानिस्तान र बंगलादेशले पनि टी-२० विश्वकपका लागि स्थान बनाइसकेका छन् । टी-२० विश्वकपमा पहिलोपटक २० राष्ट्रले सहभागिता जनाउनेछन् । एसियासहित अफ्रिका र युरोपबाट २-२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १-१ टोलीले टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्।
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
एनएसएल : आज इलाम र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको...
इंग्लिस प्रिमियर लिग : आर्सनलसँग वल्भ्स पराजित
काठमाडौं । इङ्लिस प्रिमियर लिगको खेलमा आर्सनलसँग वल्भ्स पराजित भएको छ । गएराति लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
साउदी प्रो लिगमा अल हिलालकाे जित
काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...
आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने
काठमाडौं । आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग-२ मा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने भएकाे छ । नेपाल क्रिकेट संघ(क्यान)का...