भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आज पनि देशभर प्रदर्शन हुने भएको छ।

संघीय राजधानी काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, सिन्धुलीमाडी लगायत विभिन्न शहरमा आज शनीबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न लागेकाे हाे ।

अमेरिका पठाई दिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलीको आरोपमा पुर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलदेखि प्रतिपक्षी दलसम्मले सडक र सदनमार्फत यस प्रकरणमा खुट्टा नकमाउन सरकारलाई दबाब दिँदै आएका छन् । त्यति मात्र होइन बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघ-संस्थाले भ्रष्टाचार विरुद्ध हाल विभिन्न अभियान चलाइरहेका छन् ।

यसघि बुधबार बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई कारबाही गर्न माग गरेका थिए ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.