गीता !

स्टार संवाददाता
स्टार संवाददाता

श्रीमद्भगवद्गीता गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक उत्कृष्ट हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक ग्रन्थ हो ।

गीताको १८ अध्यायको मुख्य सार छन् । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस्, लाभ उठाउनुहोस् ।

१.मोह या सुख शान्तिको अधीनमा नपर्नु ।
२.शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।
३.निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।
४.तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।
५.सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु ।
६.अन्तस्करणमा समता राख्नु ।
७.सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव हुनु ।
८.सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।
९.सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।
१०.विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ।
११.यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ।
१२.शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु ।
१३.संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जानु ।
१४.सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।
१५.एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ।
१६.जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ।
१७.जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ।
१८.भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।

 

गुरुकुल आश्रमको सर्वाङ्गीण विकासका लागि श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ

काठमाडाैं । श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुल आश्रमको सर्वाङ्गीण विकासको लागि गुरुकुल प्रबर्द्धन समाजको आयोजनामा कपिलवस्तुको बाणगंगा नगर पालिका-२मा...

आज कार्तिक शुल्क पूर्णिमा मनाइँदै

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा आज चतुर्मास सम्पन्न हुनेछ । आज १९ घडी ३०...

कार्तिक शुक्ल पूर्णिमा : आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमा प्रत्येक वर्ष आजको दिन शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी...

आज तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी आज सनातन धर्मावलम्बीले भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी...

धर्मसभा तत्कालका लागि स्थगित गर्न मुस्लिम धर्मावलम्वीलाई स्थानीय प्रशासनको अनुरोध

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्बीले आयोजना गर्न लागेको धर्मसभा तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन

 काठमाडाैं । आज छठकाे चाैथाे दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिएको छ । उदाउँदो सूर्यको पूजा आराधनासहित...

.