टोपबहादुरको पत्र संसदमा बुझाउनेको खोजीका लागि सीआईबीले लियो सिंहदरबारको सीसीटिभी फुटेज

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । संसद् सचिवालयबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीसीटीभीको फुटेज संकलन गरेको छ।

सांसद टोपबहादुर रायमाझीको पत्र संसदमा दर्ता गर्ने क्रममा संसद् सचिवालयमा पुगेका व्यक्तिको पहिचान गर्न सीआईबीले फुटेज लिएको हो ।

सचिवालयमा गएका व्यक्तिमार्फत टोपबहादुरसम्म पुग्न प्रहरीले यो उपाय अपनाएको हो । रायमाझी गत वैशाख २० गतेदेखि फरार छन्।

फरार रहेकै अवस्थामा उनले संसदलाई पत्र पठाउँदै आफू बिरामी रहेको जानकारी गराएका थिए । बुधबार उनको पत्र प्राप्त भएको सचिवालयले जानकारी दिएको थियो।

बिना जानकारी प्रतिनिधि सभाका १० वटा बैठकमा अनुपस्थित भए सांसद पद नै धरापमा पर्ने भएकाले रायमाझीले बिरामी रहेको पत्र पठाएका हुन्।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.