महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।
पटक पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टरलगायत विज्ञापनजन्य सामग्री नबाँड्नरनराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको जनाए । शुक्रबार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुन: यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने पाण्डेको भनाइ छ ।
प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताए ।
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
वडाध्यक्षलाई घरभित्र थुनेर लगाइयो आगो
काठमाडाैं । धनकुटा पाख्रीवास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगलागी भएको छ । हिजाे राति अज्ञात व्यक्तिले घरभित्र...
विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा पावर बैंक पड्किदा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । एयर चाइनाको जहाजबाट चीन जान...
शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु
काठमाडाैं । दोलखाको तामाकोशी गाउँपालिक-२ स्थित जंगलमा शिकार गर्ने क्रममा भरुवा बन्दुकले लागेर झुलेका एक युवकको मृत्यु भएको छ...
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा, आज कर्णाली प्रवेश गर्ने
काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा आज सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्दैछ । चौथो दिन...
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते
काठमाडौं । तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने श्रीमान् र दुई छोरा घाइते भएका छन् । ...