नेपाल राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक


काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
सो नीतिअनुसार बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि ८.५ प्रतिशत थियो । नीतिगत दरलाई ७ प्रतिशतमा यथावत् राख्दै समीक्षामार्फत बैंकदर घटाएको राष्ट्र बैंकले जनाएको छ ।
‘कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जालाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना-शुल्क नलिने गरी तीन महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिएको छ’, मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ ।
त्यस्तै, लघुवित्त वित्तीय संस्थाका ऋणीले तिर्न नसकेको ऋण आगामी असारभित्र पुन:संरचना र पुन:तालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी सम्ब्न्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनःसंरचना, पुनस्तालिकीकरण गर्नसक्ने व्यवस्था मिलाइने छ’, मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । आइतबार सुनको मुल्यले बढेकाे छ । शुक्रबार १ लाख १९ हजार रुपैयाँ कारोबार भएकाे छापावाला सुन आज...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम आवश्यक छ : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि...