पानी नपर्दा र डढेलोका कारण वायु प्रदूषण पुन:बढ्दै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं‌ । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुन:बढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडौं कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ ।

एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआइ एक सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआइ एक सय ५० भन्दामाथि छ । स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

प्रदूषणकै कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।

भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ । यी क्षेत्रको एक्यूआइ एक सय ५० भन्दा कम रहेको छ । यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन् । गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ ।

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

अबको तीन दिनसम्म विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने...

रौतहटमा जन्ती बोकेको स्कार्पियो दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको...

सिमलताल पहिरोमा परेको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित थिए ३१ यात्रु

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको...

चितवन पहिरोमा बस पुरीँदा तीन यात्रुले जोगाए हाफ फालेर ज्यान

काठमाडौं । चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन् । काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति...

चितवन बस दुर्घटना अपडेट : गोताखोरबाट बेपत्ताको खोजी सुरु

काठमाडौं । चितवनकाे नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  बसमा चालकसहित ६५ जना रहेका...

.