स्टक एक्सचेन्जको लाइसेन्स रोक्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रियामा चलखेल गरिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।
निश्चित व्यापारिक घरानालाई दिने गरि प्रक्रिया सुरु भएको आरोप लागेपछि नेपाल धितो पत्र बोर्डका अधिकारीलाई बोलाएर प्रधानमन्त्री दाहालले तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएका हुन् ।
सरकारी स्टक एक्सचेन्ज नेप्से हुँदाहुँदै निजी क्षेत्रलाई नयाँ लाइसेन्स वितरण गर्न उचित नहुने भन्दै प्रधानमन्त्रीले अहिलेको प्रक्रिया रोक्न निर्देशन दिएको धितो पत्र बोर्डका अधिकारीले जनाएका छन् । नयाँ लाइसेन्स वितरणको प्रक्रिया शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएकै बेला भएको थियो ।
सांसदहरूले समेत आर्थिक चलखेल हुने भन्दै नयाँ लाइसेन्स वितरण भन्दा नेप्सेलाई आधुनिक बनाउन सरकारलाई सुझाव दिँदै आएका छन् ।
धितोपत्र बोर्डले लाइसेन्स मागेपछि बोर्डमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज तथा अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...