गृहमन्त्री श्रेष्ठले भने- शरणार्थी प्रकरणको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का तथा जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताएका हुन् ।
यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको र अझ त्योभन्दा बढी यो राज्य विरुद्धकै अपराध भएको उनको भनाइ थियो ।
‘यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको संगठित अपराध हो, यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्य विरुद्ध कै अपराध हो’, श्रेष्ठले भने, ‘यसकै सबै नेक्ससलाई कानूनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ ।’
उनले उक्त प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने बताए । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आड भरोसा पाएको श्रेष्ठको भनाइ छ ।
सिङ्गो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेकाले त्यसबाट मुक्त गराउन प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको उनको भनाइ थियो । उनले भने, ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु ।’
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...
कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व सकिन्छ : शेखर कोइराला
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन छाड्नुपर्ने बताएका छन् । काठमाडौंमा आज आयोजित...
राज्यव्यवस्था समितिले एनसेलको सेयर खरिदबिक्री प्रकरण बारे प्रधानमन्त्रीसँग जानकारी लिने
काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरण बारे...
यस्ताे छ मन्त्रिपरिषद् बैठककाे निर्णय
काठमाडौं । सरकारले जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार...
पोर्चुगलको राजदूतमा सिफारिस नेपालको सुनुवाइ सुरु
काठमाडौं । सरकारले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । आज सिंहदरवारमा...