एमाले केन्द्रीय कमिटीको बैठकमा विभिन्न प्रतिवेदन पेस

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठकमा विभिन्न प्रतिवेदन पेस गरिएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिक)ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन पेस गरे ।

यस्तै, अभियानको समीक्षा प्रतिवेदन अभियानमा खटिएका नेताहरूले पेस गरेका थिए । कोशी प्रदेशको राजेन्द्र गौतम, मधेस प्रदेश सचिव रघुवीर महासेठ, बागमती प्रदेशको सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सचिव पद्मा अर्याल, लुम्बनी प्रदेश सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश सचिव योगेश भट्टराई र सुदूरपश्चिम प्रदेशको सचिव लेखराज भट्टले अभियानको समीक्षा प्रतिवेदन पेस गरे ।

यस्तै, उपत्यका विशेष प्रदेशको समीक्षा प्रतिवेदन पोलिटब्यूरो सदस्य सुजिता शाक्य र सम्पर्क समन्वय समितिको प्रतिवेदन स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रस्तुत गरेका थिए ।

आज पेस गरिएका प्रतिवेदनमाथि भोलि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल हुने छ । सोही आठ समूहले निकालेको निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले वार्षिक कार्ययोजना प्रस्तुत गर्ने नेता गुरुङले जानकारी दिए । भोलि नै स्थायी कमिटी बैठकले समीक्षा प्रतिवेदनलाई आधार बनाएर वार्षिक कार्यक्रम बनाइने उनको भनाइ थियो ।

मिसन ग्रासरुट अभियानले पार्टीले उठाउने काम तथा नेता र जनताबीचको सम्बन्धलाई पुनःजागरण गर्ने काम गरेको उपमहासचिवसमेत रहनुभएका नेता गुरुङले जानकारी दिए । ‘अभियानले जुनरूपमा हाम्रो आचारण, व्यवहार शुद्ध हुनुपर्दथ्यो त्यो नभएको पाइयो’, उनले भने, ‘पार्टीभित्र शुद्धीकरण अभियान पनि सञ्चालन गर्नुपर्दछ । वार्षिक योजनामा समावेश गर्ने छौँ ।’

प्रचार विभाग उपप्रमुख गुरुङका अनुसार अभियानको सबभन्दा राम्रो प्रभाव लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा देखिएको छ । ती प्रदेशमा अभियानका क्रममा ६० प्रतिशत सदस्य नवीकरण भएको उनले बताए । नवीकरण हुन बाँकी रहेका असार मसान्तसम्म हुने जनाइएको छ । पार्टीले गणपूरक सङ्ख्या नपुगेका तल्लोस्तरका कमिटीलाई अधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।

युवालाई पार्टीमा सहभागी गराउनका लागि नयाँ शिराबाट अधिवेशन गर्ने बैठकले निष्कर्ष निकालेको जनाइएको छ । पार्टीको वैचारिक कामलाई व्यवस्थित गर्न पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रम केन्द्रीय कमिटीदेखि तल्लो तहको कमिटीसम्म पठाउने निर्णय गरेको छ । पार्टी प्रवेश गरेकालाई जेठ मसान्तभित्र नवीकरण गर्ने र जेठ महिनाभित्र नै तल्लो कमिटीको सिफारिसमा जिम्मेवारी दिइनेछ ।

बैठकले यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले गरेका निर्णयको अनुमोदन गरेको छ । बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

‘सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको बताएकी छन्...

.