पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न अदालतको आदेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै रिहा गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी अवैध रहेको भन्दै रिहाइका लागि आदेश दिएको हो ।

अदालतले खानलाई भोलि शुक्रबार इस्लामावाद उच्च अदालतमा जान र अदालतको फैसला स्वीकार्न पनि भनेको छ । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाटै गिरफ्तार गरिएको थियो ।

पाकिस्तानका प्रधान न्यायधीश उमर अता बन्दियालले इमरान खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले आफ्नो गेष्ट हाउसमा राख्न सक्ने तर उनीमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको छ । पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

देशभरबाट सयौँ प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।

रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडसँग बार्सिलोना पराजित भएकाे छ । गएराति भएको खेलमा मड्रिडसँग बार्सिलोना ३-२ गोलले...

एफए कप फुटबल : म्यानचेस्टर युनाइटेड फाइनलमा

काठमाडौं । एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।   गएराती भएको खेलमा सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई...

गुजरातसँग पञ्जाब पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत भएको खेलमा गुजरात टाइटन्ससँग पञ्जाब किंग्स पराजित भएको छ । गएराति भएको...

चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

काठमाडौं । चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।   राति भएको खेलमा सिटी...

हैदरावादसँग दिल्ली ६७ रनले पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा सनराइजर्स हैदरावादसँग दिल्ली क्यापिटल्स ६७ रनले पराजित भएको छ ।...

लखनउसँग चेन्नाइ पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा लखनउ सुपर जाइन्टसँग चेन्नाइ सुपर किंग्स ८ विकेटले पराजित भएको...

.