पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु


काठमाडौं । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै झडपमा परी एक हजार ७५० भन्दा बढी घाइते भएका छन् ।
पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मंगलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडप भएकाे छ।
नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार घाइते हुनेमा एक हजार ३९३ सर्वसाधारण र ३५७ प्रहरी रहेका छन् । खानको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका कार्यकर्ताहरु पार्टी नेता पक्राउ परेपछि सडकमा उत्रिएका थिए ।
राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले खानलाई भ्रष्टाचारको आरोपमा मंगलबार इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा लिएको थियो ।
देशको सङ्घीय सरकारले राजधानी इस्लामाबाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तका प्रमुख शहरहरूमा प्रदर्शनकारीहरूलाई रोक्न र कानून र व्यवस्था सुनिश्चित गर्न सेना तैनाथ गरेको छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...