शरणार्थी प्रकरणमा संलग्नहरुलाई छानविन गरी कारबाहीको माग गर्दै विरोध प्रदर्शन गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई छानविन गरी कारबाहीको माग गर्दै प्रदर्शन गर्ने भएको छ ।

एकीकृत समाजवादीले काठमाडौं जिल्ला कमिटीले बिहीबार दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारका अन्य काण्डविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेकपा एसले जनाएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैधानिक कार्यमा संलग्न गिरोहलाई सहयोग पुर्‍याएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरुसहित करिब एक दर्जनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.