एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ । झापामा बस्नेगरी तय भएको बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान १० बजेबाट सुरु हुने छ ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ ।
गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो ।
केन्द्रीय कमिटी बैठक आज २८ देखि ३०सम्म चल्ने एमालेले जनाएको छ ।
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...
‘एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता फैलिएको बताएका छन्...
नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । ...
जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीको भुक्तानी गर्ने बताएका छन् ।...
दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : नेता तामाङ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको...