खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे कांग्रेस बैठकमा छलफल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकुष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे छलफल भएको छ ।

बुधबार खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए । करिब ३ घन्टा बसेको बैठकमा पूर्वगृहमन्त्री तथा पार्टीका नेता बालकृष्ण खाणको बारेमा छलफल भएको थियो ।

छलफलका क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका पूर्वगृहमन्त्री खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री  बालकृष्ण खाँण आज पक्राउ परेका थिए । खाँणलाई काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियाे ।

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

.