आफ्नो नाम जोडिएको अडिओमाथि छानबिन गर्न साइबर ब्युरोमा आरजुले दिइन् उजुरी


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् । सांसद देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर निवेदन दिएकी हुन् ।
‘विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भुटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् रु उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ ।
साइबर व्यूरो भोटाहिटीमा दिएको उजुरीमा उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी हुन् ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...
कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व सकिन्छ : शेखर कोइराला
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन छाड्नुपर्ने बताएका छन् । काठमाडौंमा आज आयोजित...
राज्यव्यवस्था समितिले एनसेलको सेयर खरिदबिक्री प्रकरण बारे प्रधानमन्त्रीसँग जानकारी लिने
काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरण बारे...
यस्ताे छ मन्त्रिपरिषद् बैठककाे निर्णय
काठमाडौं । सरकारले जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार...
पोर्चुगलको राजदूतमा सिफारिस नेपालको सुनुवाइ सुरु
काठमाडौं । सरकारले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । आज सिंहदरवारमा...