प्रतिनिधिसभामा राप्रपाको नाराबाजी, संसद बैठक १५ मिनेटलाई स्थगित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।बुधबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि बजेटका बारेमा छलफल गर्ने बसेको बैठक ५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व सकिन्छ : शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन छाड्नुपर्ने बताएका छन् । काठमाडौंमा आज आयोजित...

राज्यव्यवस्था समितिले एनसेलको सेयर खरिदबिक्री प्रकरण बारे प्रधानमन्त्रीसँग जानकारी लिने

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरण बारे...

यस्ताे छ मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौं । सरकारले जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार...

पोर्चुगलको राजदूतमा सिफारिस नेपालको सुनुवाइ सुरु

काठमाडौं । सरकारले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ ।   आज सिंहदरवारमा...

.