मुगु हिमपहिरोमा पुरिएकाको खोज उद्धार अझै हुन सकेन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका-२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन ।

उक्त घटनामा पातारासी गाउँपालिका-२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए ।

कर्णाली प्रदेश सरकारले सोमबारदेखि खोज उद्धार टोली मुगु कार्मारोङ गाउँपालिकामा सोमबार पुर्‍याए पनि मृतकको शव पत्ता लगाउन सकिएको छैन ।

सशस्त्र प्रहरीको १०, नेपाल प्रहरीको ११ र दुई जना घटनाका प्रत्यक्षदर्शी गरेर २३ जनाको टोली घटनास्थलमा पुगेको तर उनीहरू नै जोखिम अवस्थामा रहेको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षा टोली सोमबारदेखि खोज उद्धारमा लागेको यद्यपि हराएको भनिएको ठाउँमा दश फिट जति हिमपात भएकाले हराएका भेट्टाउन नसकिएको बताए । उनले भने, ‘उनीहरू दिउँसो करिब छ घण्टा समय लगाएर घटनास्थल पुग्छन् तर साँझ बस्ने ठाउँ फर्किनुपर्छ । यसले गर्दा समस्या भइरहेको छ । आवश्यकतामा थप बल पनि पठाउँछौँ ।’

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले खोज उद्धार भइरहे पनि घटनास्थल सोली आकारको भएकाले घाम लाग्दा पग्लेर हिउँपहिरो थपिरहँदा समस्या भएको बताए । उनका अनुसार खोज उद्धारमा खटिए पनि टोली बेसक्याम्प आउनुपर्छ । बेपत्ताको खोजीमा जाँदा खोज उद्धार टोली नै जोखिममा रहेकाले अवस्था सोचनीय र संवेदनशील रहेको उनले जनाए ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.