भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बालबालिका र १० जना महिला रहेका छन् ।

मंगलबार भारतको मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल बस खसेको थियो ।

दुर्घटना हुनुअघि बसका चालक (स्टेयरिङ)मा निदाएका र दुर्घटना हुन पुगेको तर बस दुर्घटना भएपछि उनी घटनास्थलबाट भागेका थिए ।

विश्व बैंकले सन् २०२१ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा विश्वको करिब एक प्रतिशत सवारी साधन भए पनि सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ११ प्रतिशत भारतमा छ ।

सोही प्रतिवेदनअनुसार भारतमा वर्षेनी करिब एक लाख ५० हजार कार दुर्घटनामा मृत्यु हुने गरेको छ भने प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ ।

रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडसँग बार्सिलोना पराजित भएकाे छ । गएराति भएको खेलमा मड्रिडसँग बार्सिलोना ३-२ गोलले...

एफए कप फुटबल : म्यानचेस्टर युनाइटेड फाइनलमा

काठमाडौं । एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।   गएराती भएको खेलमा सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई...

गुजरातसँग पञ्जाब पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत भएको खेलमा गुजरात टाइटन्ससँग पञ्जाब किंग्स पराजित भएको छ । गएराति भएको...

चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

काठमाडौं । चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।   राति भएको खेलमा सिटी...

हैदरावादसँग दिल्ली ६७ रनले पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा सनराइजर्स हैदरावादसँग दिल्ली क्यापिटल्स ६७ रनले पराजित भएको छ ।...

लखनउसँग चेन्नाइ पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा लखनउ सुपर जाइन्टसँग चेन्नाइ सुपर किंग्स ८ विकेटले पराजित भएको...

.