विकास र समृद्धिबिना अन्यायको अन्त्य हुँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताएका छन् ।
मंगलबार काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्ने क्रममा उनले प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका हुन् । आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको उनको भनाइ छ ।
प्रधानमन्त्रीले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनीहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’ भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको उनको भनाइ थियो ।
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...
‘एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता फैलिएको बताएका छन्...
नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । ...
जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीको भुक्तानी गर्ने बताएका छन् ।...
दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : नेता तामाङ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको...