बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छ : खिमलाल देवकोटा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गर्न आग्रह गरे । उनले नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको बताए ।

उनले भने, ‘प्रहरी समायोजन प्रदेशमा यथाशीघ्र हुनुपर्छ । जसले प्रदेशको एकल अधिकारमा रहेको प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको जिम्मेवारी कार्यान्वयन गर्ने वातावरण निर्माण गरिदिनुस्। केही अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको
रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गरिदिनुस्। बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ। त्यो नबिर्सिनुहोला। नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो। बजेटको सबैभन्दा ठूलो हिस्सा, प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहलिादेखिकै हो । यो सुध्रिएको छैन, सुधार होस् । निजमाति कानुन ल्याउन सकिएको छैन । यो मुलुक कसले चलाएको छ।’

उनले प्रदेश प्रहरी समायोजन छिटो गर्नका लागि पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेबीच छलफल

काठमाडौं। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताले छलफल थालेका छन् ।   नयाँ बानेश्वरस्थित संसद...

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री दाहाल

काठमाडौ । पदमुक्त भएसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।  ...

प्रचण्डले पाएनन् विश्वासको मत, डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

.