संसदमा प्रि-बजेटमाथि आज पनि छलफल हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभामा आज पनि (प्रि-बजेट)का बारेमा छलफल हुने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि (प्रि–बजेट)का बारेमा छलफल हुन लागेको हो ।

प्रि-बजेटमाथि छलफल ११ बजेदेखि बेलुका ५ बजेसम्म  हुनेछ । बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु भएको हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन् ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बर्ष २०८१ को शुभकामना सन्देश दिएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री दाहालले स्वदेश...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८१ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...

.