राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह निर्वाचित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छिन्। आइतबारदेखि राजधानीमा जारी महाधिवेशन उपाध्यक्ष, महासचिव सहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ।

महाधिवेशनले उपाध्यक्ष पदमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान (सिन्धुपाल्चोक)लाई निर्वाचित गरेको छ। महासचिव स्याङ्तान राप्रपाको तर्फबाट बागमती प्रदेश सभाकी सदस्य समेत हुन्।

मनोनीत हुने उपाध्यक्ष पदमा सिजन श्रेष्ठ (काठमाडौं) र सरस्वती श्रेष्ठ (रामेछाप), महासचिवमा रञ्जना सेन ठकुरी (कास्की) र चम्पा अधिकारी (काठमाडौं)लाई सहमतिका आधारमा महाधिवेशनबाट नै चयन गरिएको छ।

संगठनको महाधिवेशनबाट पारित विधानअनुसार भएको निर्वाचनबाट विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्यहरु निर्वाचित भएका छन्। महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्यीडित, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्दै विधान अनुसारको सदस्य समेत निर्वाचित गरेको छ।

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने  निर्वाचनमा सत्ता...

रक्षामन्त्री खड्का घाना प्रस्थान

काठमाडाैं । रक्षामन्त्री एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् ।   संयुक्त राष्ट्र संघको आयोजनामा हुन लागेकाे...

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाए पनि ३ आरोपी छुटेनन्

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी आइतबार पनि  छुटेनन् ।...

यूएईमा मोदीले प्रचण्डलाई सोधे, भूकम्पपीडिलाई थप केही सहयोग गर्नुपर्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) का क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी...

.