धादिङमा कक्षा १२ को शुल्क बुझाउन नसकेपछि एक विद्यार्थीले गरे आत्महत्या

स्टार संवाददाता
स्टार संवाददाता

धादिङ । धादिङमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका हुन् ।

चैनपुर घर भएका बयलकोटी वैशाख २६ गतेदेखि शुरु हुने कक्षा १२ को परिक्षाको लागि तयारीमा थिए । पीडित परिवारका अनुसार बयलकोटीसँग परिक्षा शुल्क तिर्ने रकम समेत थिएन । परिक्षाका लागि विद्यार्थीले परिक्षा शुल्क तिरेर प्रवेश पत्र लिनुपर्छ तर, उनीसँग उक्त शुल्क नभएपछि विद्यालयका प्रधानाध्यापक बलाराम ईटनीले प्रवेश पत्र दिएका थिएनन् ।

जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले दिएको उजुरी अनुसार इटनीले पहिले पैसा ल्याउ अनि भोली प्रवेश पत्र लिएर जाउ भनेपछि घर गएका बयलकोटीले सोही रात आत्महत्या गरेका हुन् । पीडित परिवारले प्रधानाध्यापक इटनीकै कारण बयलकोटीले आत्महत्या गरेको दाबी गरेका छन् । उनीहरुले उनी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिने समेत तयारी गरेका छन् ।

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

.