अमेरिकाको टेक्सासमा कार दुर्घटना : ७ जनाको मृत्यु, ६ घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अमेरिकाको टेक्सासमा कार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा केहीको अवस्था गम्भीर रहेको ब्राउन्सभिल प्रहरीले जनाएको छ।

घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे भएको थियो। चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको ब्राउन्सभिल प्रहरीले बताएको छ । यसअघि अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यो नियोजित हमला भएको बताएको थियो।

घटनापछि चालकलाई उपचारका लागि अस्पताल लगिएको र लागुऔषध र मदिरा परीक्षण गरिएको प्रहरीले जनाएको छ । उनले अधिकारीसँग असहयोग गरेको बताइएको छ। अमेरिकी सीमा सुरक्षा अधिकारीहरूका अनुसार ब्राउन्सभिल सहरमा हालै अवैध आप्रवासीहरूको आगमनमा तीव्र वृद्धि भएको छ।

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडाैं । दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-७ नयाँबस्ती निवासी ५२ वर्षीय...

गाजामा पुनः आक्रमण सुरु,१ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

काठमाडाैं । साता दिने अस्थायी युद्धविराम अन्त्य भएसँगै इजरायली सेनाले दक्षिण गाजापट्टी पुन आक्रमण सुरु गरेकाे छ ।  ...

साउदी प्रो लिगमा अल हिलालकाे जित

काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...

थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा शंखरापुर नगरपालिका-८ साखु घुमार...

.